बुधबार, २० श्रावन २०७८

सामाजिक सञ्जालमा विकृति बढेको सरकारको ठहर, नियन्त्रण गर्न निर्देशिका ल्याइँदै



काठमाडौं, २७ माघ – सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका–२०७७ ल्याउने भएको छ। सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै  सरकारले निर्देशिका ल्याउन लागेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता पार्वत गुरुङले ‘पछिल्लो दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा प्रवृत्ति मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वतन्त्रताको उपभोग गर्ने नाममा कुनै दर्ता बिनै संचालन भएका कतिपय फेसबुक, युटयुवहरुले समाजलाई अराजक बनाउने, विकृति बिसंगती फैलाइरहेकाले त्यस्तालाई सचेत गराउन  नेपाल सरकारले कानुन बमोजिम कामगर्न आवश्यक निर्देशिका जारी गर्ने महसुस गरेको छ ।’
ब्ब

संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको प्रति सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताउनुभयो । मानिसहरुलाई अराजक, अमर्यादित हुन रोकेर जिम्मेवार बनाउन निर्देशिका छिट्टै ल्याउन लागिएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस