शुक्रबार, ०१ असोज २०७८

‘अर्मायादित’ सभामुख विरुद्घ संसद्मा निरन्तर नारावाजी



काठमाडौं । प्रमुख प्रतिपक्षी एवं संसद्को सबैभन्दा ठुलो दल नेकपा एमालेले प्रनिधिसभाको आजको बैठक पनि अवरुद्ध पारेका छ ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।
सभामुख अग्नीप्रसाद सापकोटाले एमालेले कार्वाही गरेका सांसदहरुको कार्वाही रोकेर एमाले विभाजनलाई सघाएका थिए । संसद्को मुल्य र मान्यताको धज्जी उडाएका सभामुखको उक्त कदमको एमालेले निरन्तर विरोध जनाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस