मंगलबार, १२ असोज २०७८

सरकार गठनबारे तालिबान र हक्कानी नेटवर्कबीच विवाद , गोली लागेर तालिबानी सह-संस्थापक घाइते



FILES-AFGHANISTAN-CONFLICT-BARADAR

काबुल । अफगानिस्तानमा सरकार गठनका विषयमा तालिबान र हक्कानी नेटवर्कबीच झगडा भएको छ।

अफगानिस्तानको पत्रिका पन्जसिर अब्जर्भरका अनुसार हक्कानी नेटवर्कले हानेको गालीले तालिबानका सह-संस्थापक मुल्ला बरादर घाइते भएका छन्।

घटनाबारे विस्तृत विवरण दिइएको छैन। अफगानिस्तान कब्जा गरेपछि तालिबान केही दिनदेखि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अन्तिम छलफलमा छ। दुई/तीन अघिदेखि नै नयाँ सरकार घोषणा गर्ने बताइरहे पनि तालिबानले अझै घोषणा गर्न सकेको छैन।

यसैबीच सत्ताको नेतृत्व लिने विषयमा उसैको एक सहयोगी समूह हक्कानी नेटवर्कसँग झगडा परेको खबर सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस