सोमबार, ०१ कार्तिक २०७८

यी अभिनेतासँग प्रेमसम्बन्धमा छिन् सेलेना गोमेज ?



एजेन्सी । मनोरञ्जन जगतमा हल्लाहरु फैलिनु नौलो कुरा होईन । कतिपय हल्लाहरु साँचो निक्लिन्छन् त कतिपय हल्लामै सिमित भएर जान्छन् । हाल हलिउडकी चर्चित गायिका सेलेना गोमेज प्रेम सम्बधमा रहेको खबरले मनोरञ्जन जगत तातेको छ ।

उनी अभिनेता क्रिस ईवान्ससँग डेट गरिरहेको हल्ला चर्चामा आएको छ । पहिले गायक जस्टिन बिबरसँग सम्बन्धमा रहेकी उनी बिबरसँगको ब्रेकअप पछि पहिलोपटक कसैसँग सम्बन्धमा रहेको कुरा चर्चामा आएको हो ।

हालसम्म यो कुरामा कुनै साँचो कुरा पुष्टि भने भईकेको छैन । तर उनीहरु सँगै भएके केहि तस्बिर सामाजिक सञ्जालमा भने भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस