सोमबार, ११ श्रावन २०७८

प्रचण्ड समूहलाई झड्का दिंदै केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

प्रचण्डलाई नेता मान्न सकिएन



काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किनुभएको छ ।

प्रचण्ड(माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताउनुभयो । ‘हो, हामी फर्कियौं,’ उहाँले भन्नुभयो । आज विराटगनरमा हुने ओली पक्षको जनसभामा तामाङ दम्पति ओली पक्षमा आएको घोषणा हुने छ । पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले शनिबार आफू गृहजिल्लाको कार्यक्रममा व्यस्त रहेका कारण विराटनगरमा आयोजित आमसभा सहभागी हुन नसकेको बताउँदै सोही आमसभामा प्रधानमन्त्री ओलीले आफूहरुको प्रवेशबारे घोषणा गर्ने जानकारी दिनुभयो।

‘प्रधानमन्त्रीसँग बिराटनगरमा हुने आमसभामा सहभागी हुने कार्यक्रम थियो। तर जिल्लामै दुई वटा कार्यक्रम रहेकाले सहभागी हुन नपाउने भएँ’, केन्द्रीय सदस्य तामाङले भन्नुभयो, ‘प्रधानमन्त्रीले बिराटनगरमा आयोजना हुने आमसभामा घोषणा गर्नुहुने छ।’

लामो समयसम्म माधवकुमार नेपालसँग निकट रहेका तामाङ र राई पति पन्त्नी ओली समूहमा प्रवेश हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  सिन्धुपाल्चोकका तामाङ विघटित प्रतिनिधिसभाका सदस्य हुन् भने राई प्रदेश १ की प्रदेशसभा सदस्य हुन्।

पुस ६ गते ओली पक्षको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका तामाङपछि प्रचण्ड–नेपाल समूहमा जानुभएको थियो । तामाङ दम्पतीले प्रचण्डलाइ नेता मानेर अघि बढ्न नसकिने बताउँनुभएको छ । उहाँले पूर्व एमालेहरु एक हुनुपर्ने बताउनुभएको छ । तामाङले पछिल्लो समय आफ्नो फरक धारणा सार्बजनिक गर्दै प्रत्यक्ष निर्वाचित शासन प्रणाली लागु गर्नुपर्ने बताउदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस