सोमबार, ३१ जेठ २०७८

उप-प्राध्यापक सुवेदीको आज भर्चुअल माध्यमबाट श्रद्धाञ्जली सभा सम्पन्न



कीर्तिपुर । अँग्रेजी केन्द्रिय विभाग त्रि वि, कीर्तिपुरले यस विभागका उप प्राध्यापक शंकर सुवेदीको देहावसान भएको १३ औं दिनको पुण्य तिथिको अवसरमा त्रि वि अँग्रेजी केन्द्रिय विभागले आज भर्चुअल माध्यमबाट श्रद्धाञ्जली  सभा सम्पन्न गरेको छ ।

अँग्रेजी केन्द्रिय विभागका प्रमुख प्रा. डा. जीवलाल सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उप प्राध्यापक बद्री आचार्यले स्वर्गीय सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्व बारे प्रकाश पार्नु भएको थियो भने उप प्राध्यापक डा. राज किशोर सिंहले उहाँको उपचारबारे जानकारी दिनु भएको थियो ।

अँग्रेजी केन्द्रिय विभागमा कार्यरत प्राध्यापक एवम् कर्मचारीहरूको समुपस्थितिमा सम्पन्न सो कार्यक्रमको सञ्चालन उप प्राध्यापक केशव सिग्देल गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा प्रा. डा. कृष्ण चन्द्र शर्मा, प्रा. डा. विरेन्द्र पाण्डे, प्रा. डा. अनिरूद्र थापा, प्रा. डा. ध्रुव कार्की, सह प्रा. डा. शरद चन्द्र ठाकुर, उप प्रा. डा. अन्जु पन्तले स्वर्गीय सुवेदीका विभिन्न पक्ष बारे आफ्ना अनुभव र अनुभूतिहरू व्यक्त गर्नु भएको थियो ।

स्वर्गीय सुवेदीको सम्झनालाई चिरस्थायी बनाउने सम्बन्धी विभागले छिट्टै छलफल गरी तार्किक निष्कर्षमा पुग्ने कुरा विभागीय प्रमुख प्रा. डा. सापकोटाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस