शनिबार, ०९ असोज २०७८

सिद्धार्थलाई अन्तिम पटक हेर्न यस्तो अवस्थामा पुगिन् शहनाज



एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ शुक्लाको हृदयातका कारण बिहिबार निधन भयो । बिगबोस १३ का विजेता रहेका उनको नाम उक्त सो मै भेटिएकी अभिनेत्री शहनाज गिलसँग जोडेर लिइन्थ्यो ।

प्राय कार्यक्रममा जाँदा पनि उनी मन पर्छ भनेर बोल्न नहिच्किचाउने शहनाज र सिद्धार्थको जोडी दर्शकहरुले पनि निकै रुचाएक थिए । बिगबोसमा सँगै भएपछि नजिकिएका उनीरुलाई दर्शकले मन पराएर ह्यासट्याग सिडनाज नै चलाइदिए ।

यसरी आफनो माया साटिरहेको जोडी सिद्धार्थको निधनपछि बिछोडिएको छ । हिजो उनको निधनको खबर आएदेखि कतै नदेखिएकी शहनाज आज निकै बिछिप्त अवस्थामा देखिएकी छन् । यसो त सँधै हासखेल गर्ने उनी भिडमा आधा बेहोस देखिएकी थिईन् । तस्बिरमा प्रस्तुत छ शहनाजको अवस्था

प्रतिक्रिया दिनुहोस