सोमबार, १३ मंसिर २०७८

६० दिनपछि छुटे शिल्पाको श्रीमान, भन्छन् “मलाई बलिको बोको बनाइयो”



एजेन्सी । अश्लिल चलचित्रको केसमा हिरासतमा रहेका अभिनेत्री शिल्पा शेट्ठीका श्रीमान जमानतमा छुटेका छन् । करिब ६० दिनपछि उनी छुटेका हुन् ।

उक्त चार्जसिटमा राज कुन्द्राले अश्लिल फिल्म बनाएर अपलोड गर्ने गरेको प्रमाण नभएको राजका वकिल प्रशान्त पाटिलले भारतीय मिडियासँग बताएका छन् । निवेदनमा कुन्द्राले भनेका थिए, ‘मलाई बलिको बोको बनाइयो । केसमा प्रस्तुत गरिएको अरोप पत्रमा कथित आपत्तिजनक फिल्म बनाउन मेरो हात छ भन्ने कुनै प्रमाण छैन ।’

राजको मुद्धामा मुम्बई क्राइम ब्रान्चले अभिनेत्री शिल्पा शेट्टीसँग पनि बयान लिएको थियो । उनले पतिको कम्पनी आर्म्सप्राइम मिडियाले सर्ट भिडियो बनाउने गरेको भए पनि अश्लिल फिल्म निर्माणको बारेमा केही जानकारी नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म आफ्नै काममा व्यस्त हुन्थेँ र पतिसँग के गर्दै हुनुहुन्छ भनेर सोध्ने गर्दिन थिएँ । यसबारेमा मलाई केही थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस