बुधबार, ०२ असार २०७८

फिटनेश र सुन्दरताले चर्चित शिल्पा



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्ठीको आज जन्मदिन रहेको छ । भारतको फिल्म क्षेत्रमा अमिट स्थान बनाएकी उनको जन्म सन् १९७५ मा भारतको मंगलौरमा भएको थियो ।

उनी आफनो अभिनयमा मात्रै नभई आफनो फिटनेश, नृत्य तथा सुन्दरताका लागि पनि चर्चित छिन् । फिल्म बाजीगरबाट सिनेक्षेत्रमा डेब्यु गरेकी उनले सन् २००९ मा बिजनेशम्यान राज कुन्द्रासँग विवाह बन्धनमा बाँधिएकी थिईन् । लामो समयको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएकी थिईन् । उनि अहिले एक सफल बिजनेशवुमनको जिन्दगी बिताइरहेकी छिन् ।

उनी दुई सन्तानकी आमा हुन् । उनी अहिलेपनि योगा र ग्ल्यामरको दुनियाँमा सक्रिय छिन् । उनी एक नृत्य शो की निर्णायक पनि हुन् ।

४६ वर्षको उमेर हुँदा पनि आफनो फिटनेशका कारण उनी उमेरभन्दा सानो देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस