सोमबार, ११ श्रावन २०७८

शिल्पाका श्रीमान् परे अश्लिल (पोर्न) फिल्म बनाएको आरोपमा पक्राउ : मोडललाई फिल्मको लोभ देखाएर गराउँथे काम



एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्ठीका पती तथा विजनेसम्यान राज कुन्द्रा पोर्न फिल्म बनाएर एप्लिकेसनमा अपलोड गरेको मामीलामा गिरफ्तार भएका छन् । उनलाई मुम्बई क्राईम ब्रान्चको टिमले गिरफ्तार गरेको हो ।

सुरुमा बयान लिन बोलाइएका उनलाई पुलीसलाई त्यसै क्रममा गिरफ्तार गरेको हो । २०२१ को फेब्रुअरीमा नै उजुरी परेको उनमा यस्तो फिल्ममा ८र १० करोड भारु लगानी गरेको आरोप पनि छ । मुम्बई क्राईम ब्रान्चले कुन्द्रालाई यस फिल्म बनाउने कार्यको मास्टरमाइन्ड भनेर पनि भनेको छ ।

भारतीय सञ्चारमाध्यमले कुन्द्राले भाईसँग मिेर यस क्षेत्रमा लगानी गरेको धेरै मोडलहरुलाई फिल्म लोभ देखाएर काम गराएको बताएको छ ।

भारतमा खिचिएका त्यस्ता फिल्महरु ब्रिटेनमा लगेर एक पेड एपमार्फत बेचिएको पनि बताईएको छ । यस्तो केसमा के िप्राविधिक कुराले कुन्द्रालाई दोषी पनि ठहर गराएको छ । त्यस्तै उनी यस काममा दोष्ी निक्लीए उनले धेरै वर्ष जेलमा बिताउनु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस