सोमबार, ३१ जेठ २०७८

शीतल निवासमा सर्वदलीय बैठक सुरु,सबैभन्दा पहिला  पुगे प्रचण्ड (सहभागिको नामावलीसहित)



काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।समयसामयिक विषयमा छलफलका लागि  राष्ट्रपति भण्डारीले  शीतल निवासमा  सर्वदलीय बैठक आव्हान गर्नुभएको हो ।

सर्वदलीय बैठकमा  भाग लिन नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेसका सभापती एवं पूर्वंप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसकावरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विमलेन्द्र निधी, शशांक कोइाराला

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमनत्री पुष्पकम दाहाल ‘प्रचण्ड’ नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ,जसपाका महन्थ ठाकुर,उपेन्द्र यादव राजेन्द्र महतो,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका प्रकाशचन्द्र लोहनी,नेमकिपाका प्रेम सुवालर मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति छ ।

सबैभन्दा पहिला  पुगे प्रचण्ड

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी हुन  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो ।

प्रचण्ड सबैभन्दा पहिला राष्ट्रपति कार्यालय पुग्नुभएको हो ।   प्रचण्ड ३ः५६ मै सितल निवास पुग्नुभएको हो । ४ बजे बोलाएको चियापान अगावै उहाँ पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस