शुक्रबार, ०५ कार्तिक २०७८

सोनु सुदलाई लाग्यो २० करोड कर छलीको आरोप



एजेन्सी । भारतीय अभिनेता सोनू सूदको घर र अफिसमा छापा मारेपछि केन्द्रीय प्रत्यक्ष कर बोर्ड (आयकर विभाग) ले सोनू सूद र उनका सहयोगी विरुद्ध २० करोडभन्दा बढी कर छलीका साथै फर्जी लेनदेन र अवैध विदेशी दानको आरोप लागेको बताएको छ । कोरोनाकालमा मजदूरदेखि समस्यामा परेका व्यक्तिलाई मद्दत गरेर चर्चामा आएका सोनू सूदको विभिन्न संस्थामा गत हप्ता छापा मारेको थियो ।

कर विभागका अनुसार, सोनू सूदको संस्थामा छापाको क्रममा गैरकानूनी र आपत्तिजनक प्रमाण मिलेको र सोनू सूदको एक एनजीओलाई करीब २ करोड विदेशी चन्दा अवैध रुपमा मिलेको छ भने उनले कयौं फर्जी संस्था र अवैध लोनको रुपमा निकै पैसा जम्मा गरेको आईटी विभागको आरोप छ । आयकर विभागले करीब २० घन्टा सोनू सूदको घर र अफिसमा छापा मारेको थियो ।

सोनू सूदको ‘सूद च्यारिटी फाउन्डेशन’ ले १ अप्रिल २०२१ देखि अहिलेसम्म १८ करोड ८४ लाख दान पाएको छ । तर, अहिलेसम्म यो पैसामध्ये १ करोड ९ लाख रुपैयाँ अलग(अलग कार्यमा खर्च भए पनि अझै १७ करोड रुपैयाँ फाउन्डेशनको ‘नन प्रोफिट’ बैंक एकाउन्टमा छ ।

प्रतिक्रिया दिनुहोस