सोमबार, ११ श्रावन २०७८

दोस्रो वार्षिकोत्सव मनाउँदै एलओडी, सुगम र सन्दीपको विशेष प्रस्तुति




काठमाडौं – राजधानीको ठमेलमा रहेको एलओडी (लड अफ द ड्रिङ्स) ले यही फेब्रअरी १० अर्थात माघ २८ गते आफ्नो दोस्रो वार्षिकोत्सव मनाउने भएको छ ।

छोटो समयमै देशकै भव्य क्लब तथा लाउञ्जको रुपमा स्थापित एलओडी युवा–युवतीहरुको रोजाइको गन्तब्य बन्दै गैरहेको छ ।

एलओडीले आफ्नो दोस्रो वार्षिकोत्सवलाई भव्य बनाउन फेब्रुअरी १० का दिन एउटा विशेष समारोह आयोजना गर्दैछ ।

वार्षित्कोत्सवको समारोहलाई आकर्षक बनाउन लोकप्रिय गायक सुगम पोखरेलले एलओडीले प्रमुख आकर्षणको रुपमा प्रस्तुत गर्दैछ ।

कार्यक्रममा गायक पोखरेल तथा द बाजा गाजाले लाइभ कन्सर्ट दिनेछ ।

उक्त कार्यक्रममा लोकप्रिय व्यंग्यकार तथा अभिनेता सन्दीप क्षेत्रीको हास्यव्यंग्यात्मक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिने एलओडीको योजना छ ।

समारोहमा बिदेस बाट आयातीत ४ जना कलाकार दिया फायरले स्पेशल फायर शो प्रस्तुत गर्नेछिन् ।

परिवर्तन ब्याण्डको ओपनिङ एक्ट अर्थात नाट्य प्रस्तुतिसंगै प्रारम्भ हुने एलओडीको दोस्रो वार्षिकोत्सवको उत्तरार्द्धमा आधा दर्जन बढी स्थापित डिजेहरुले डिजे सेसन सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस