कथा : समय



एउटा टोल जहाँ थुप्रै अत्याधुनिक ठुलाठुला घरहरु छन । जहाँ बिभिन्न जिल्ला बाट पढन तथा जागिरका सिलसिलामा आएका,
बिभिन्न पेशामा आवद्ध भएका व्यक्तिहरु तथा बिभिन्न शारिरिक तथा मानसिक अपाङ्गता भएका बालबालिकाहरु तथा उनिहरुका
परिवारहरु मिलेर बसोबास गर्दै आई रहेका हुन्छन । आज शनिबार बिदा भएको कारण बिद्यालय तथा कार्यालय जान नपरेकोले
साथै बिगत दुइ दिन देखि परिरहेको पानी पर्न रोकिई आकाश पनि सफा भइ झलमल्ल घाम लागेकोले त्यहाँ बस्ने केहि परिवार
हरु बिदा मनाउन बाहिर गएका हुन्छन भने बाँकी रहेका परिवार हरु घरमै बसी घरायसी काम गरिरहेका हुन्छन साथै उनिहरुका
बालबालिका हरु पनि त्यहीँ खेलिरहेका हुन्छन । त्यहीँ नजिकै एउटा ठुलो चौर छ जहाँ आज केही अपाङ्गता भएका र केही सपाङ्ग
बच्चाहरु मिलेर बिभिन्न खेलहरु खेल्दै, हाँस्दै, कुराकानी गर्दै छन् त्यहीँ अलि पर एउटा मन्दिर पनि छ जहाँ हिन्दु धर्मका प्राय जसो
सबै देवि देवता हरुका साना तथा ठुला मुर्ति तथा रंगिन तस्बिर हरु राखिएका छन । यस मन्दिरमा एकजना पुजारी (कृष्ण भट्ट) पनि
राखिएका छन् जो केही समय अघि देखि आफ्नो परिवार ९श्रिमति राधा र छोरा प्रकाश० सहित यस टोलमा बस्दै आइरहेका हुन्छन्
साथै ति पुजारी छोइछिटो गर्ने एकदमै कट्टर स्वभाव का हुन्छन जो त्यहाँ बस्ने अपाङ्गता भएका बालबालिका तथा उनिहरुका
आमा‑बुवा लाई कत्ति पनि मन पराउँदैनन, उनि ति बालबालिका हरु देखि रिसाउँछन साथै छिछि र दुरदुर गर्छन किनभने ति
पुजारी लाई लाग्छ कि आफ्नो पुर्व जन्ममा गरेको पापको कारणले गर्दा नै ति बालबालिका हरु अपाङ्ग भएर जन्मिएका हुन र
आफ्ना आमा‑बुवा लाई दुख दिन लाई बाँचि रहेका छन साथै उनि ति बालबालिका हरुका आमा‑बुवा देखि पनि यस्ता अपाङ्ग
बच्चा हरु लाई किन जन्माएको भनेर रिसाउँछन । सधैँ झैँ ति पुजारी मन्दिर जानलाई निस्किन्छन् । मन्दिर पुग्नलाई चौर कटेर जानुपर्ने भएकोले उनि चौरतिर आउँदै हुन्छन् । जव ति पुजारी चौरमा आइपुग्छन् उनलाई देखेर आफ्नै सुरमा खेलिरहेका बालबालिका हरु झस्किन्छन् र उनिहरुले खेलिरहेको
बल गुडेर ति पुजारीको खुट्टामा लाग्न पुग्छ र उनको हातमा भएको पुजाको थाली भुईँमा खसी थालीमा भएका सामाग्री हरु भुँइ
भरी छरिन्छन यो देखेर उनलाई रिस उठ्छ र उनि ति बालबालिका हरु लाई गाली गर्छन । उनले गरेको गाली सुनेर र
उनलाई आफुहरु भएतिर आउँदै गरेको देखेर सपाङ्ग बालबालिका हरु डराएर आ–आफ्नो घरतिर जान्छ्न तर ति अपाङ्गता भएका
बालबालिका हरु एता उता गर्न नसक्ने हुनाले आफ्नै सुरमा खेलिरहेका हुन्छन् त्यो देखेर ति पुजारी लाई ति बालबालिका हरुले
आफुलाई नटेरेको झँै लाग्छ र उनि अझै ठुलो स्वरले कराउँदै अगाडी बढछन । जसै ति पुजारी ति बालबालिका हरु भएतिर
कराउँदै आइपुग्छन् ति बालबालिका हरु डरले चिच्याउँछन् । यो देखेर ति पुजारीलाई झनै रिस उठ्छ र उनि ति बालबालिका हरु
लाई हप्की र दप्की गर्छन् त्यो देखेर ति बालबालिका हरु झन डराउँछन् किनभने उनिहरु लाई ति पुजारीले उनिहरु ख्ेलिरहेको
ठाउँमा आएर अवरोध पु¥याए भन्ने लाग्छ त्यसैले आ–आफ्ना अगाडी भएका खेलौना हरु टिपेर ति पुजारी आएको बाटो तिर
हुत्याउँछन् । यो देखेर ति पुजारीलाई साह्रै रिस उठ्छ र उनले दौडेर आइ त्यहाँ भएका मध्ये एकजना बालकलाई पिटेर लडाईदिन्छन् यो देखेर ति बालबालिका हरु रुन कराउन थाल्छन्
त्यही बेला त्यहाँ एकजना अपाङ्गता भएका शिक्षक पनि आइपुग्छन् र ति बालबालिका हरु लाई फकाउँदै खेल्न दिन्छन् र ति पुजारी
लाई पनि सम्झाउँदै मन्दिर भएको ठाउँ तिर लिएर जान्छन् । पहिला त ति पुजारी लाई ति अपाङ्गता भएका शिक्षक पनि मन पर्दैन
थियो तर जव देखि ति शिक्षकले बरालिएर हिँडने ति पुजारीको छोरा लाई सम्झाई‑बुझाई बिद्यालय पढन पठाउँछन त्यो बेला
देखि ति पुजारीको मनमा ति शिक्षक प्रति सम्मानको भावना जाग्छ । ति शिक्षकले निकै बेर सम्म सम्झाए पछि ति पुजारीको रिस मर्छ र उनि शान्त भएर
आफ्नो दिन चर्या अगाडी बढाउँछन । ति पुजारीको छोरा जो त्यहीँ नजिकै एक विद्यालयमा कक्षा चारमा पढ्दै गरेको हुन्छ । ऊ
एकदमै बदमास, चकचक गर्ने, कसैले भनेको नमान्ने तथा उपद्रो स्वभावको हुन्छ । उ बिद्यालयमा पनि कसैलाई नटेर्ने खालको
हुन्छ । एकदिन विद्यालयमा खेल्दै गर्दा ऊ विद्यालयको कुनामा भएको रुखमा चढन पुग्छ त्यो देखेर उसका शिक्षक शिक्षिका तथा
साथी हरु कसैले सम्झाउँदा पनि उ त्यहाँ बाट ओर्लिन मान्दैन र झन झन रुखको माथी माथी चढन थाल्छ, चढदै गर्दा उसले
आफ्नो सन्तुलन गुमाउन पुग्छ र लडेर बेहोस हुन्छ र उसलाई तुरुन्तै अस्पताल पुर्याइन्छ र उसका आमा‑बुवा लाई खबर गरिन्छ ।
यो खबर सुनेर ति पुजारी र उनकी श्रीमती बिलौना गर्दै अस्पताल पुग्छन् त्यहाँ पुगेपछी उनीहरु लाई थाहा हुन्छ कि अब
उनीहरुको छोरा कहिल्यै पनि आफ्नो खुट्टामा उभिन, हिँड्न र दौड्न सक्दैन किनकी रुखबाट लडेर उसको मेरुदण्डमा गहिरो चोट
लागेको हुन्छ । त्यसपछि उनिहरु आफ्नो र छोराको भाग्य लाई धिक्कार्दै केही महिनाको उपचार पछी छोरालाई लिएर बिलाप गर्दै घरतिर
जान्छन् । जव ति पुजारी आफ्नो छोरा र श्रीमतीलाई लिएर अस्पतालबाट फर्किदै हुन्छन तव ति पुजारीले बाटोमा अपाङ्गता भएका
शिक्षक तथा अपाङ्ग भएर पनि बिभिन्न संघ संस्थामा कार्यरत व्यक्तिहरुलाई भेटछन अनि आफ्नो दुखेसो पोख्छन र सहयोग माग्छन र ति व्यक्तिहरुले पनि सकेको सहयोग गर्ने बाचा गर्छन । त्यसपछि उनिहरु सबै आफ्नो घरतिर लाग्छन । आफ्नो छोराको त्यस्तो अवस्था देखि पुजारी र उनकी श्रीमती साह्रै विचलित हुन्छन् र कतै वाट केहि सहयोग पाइन्छ कि भनेर धेरै ठाउँमा भौंतारिन्छन् तर फर्किदा संधै खाली हात फर्किन्छन् । पहिला सम्मान गर्ने मानिसहरुले पनि उनको छोरा अपाङ्ग भएपछि हेयको दृष्टिले हेर्न थाल्छन् । साथै ती पुजारीको छोराका साथीहरु पनि पुजारीको छोरालाई पहिलेको जस्तो मित्रवत व्यवहार गर्दैनन केहि समयपछि बिभिन्न संघ संस्थामा कार्यरत व्यक्ति हरुले उसको शिक्षादिक्षामा लाग्ने सम्पुर्ण खर्च बेहोर्दै ति पुजारीको
छोरालाई ह्विल चियर दिइ उसले पढन इच्छा गरेको बिषय पढन सहयोग गर्छन र ति पुजारीको छोरा पनि आफ्नो मेहनत, लगन
र परिश्रम तथा आफ्नो घर परिवार अनि समाजको साथ, सहयोग, हौसला र माया पाएर अध्ययन अगाडी बढाउँछन र केहि समय
पछि छात्रवृति पाई उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान्छन । केहि वर्ष पछि ति पुजारीको छोरा एक प्रतिष्ठित डाक्टर
भएर फर्किन्छन र बिरामी हरुको सेवामा आफु लाई समर्पित गरिदिन्छन साथै कमजोर आर्थिक अवस्था भएका बिरामी हरुको
निशुल्क उपचार गरिदिन्छन त्यसका साथै आर्थिक अवस्था कमजोर भएका तर मेहेनती र जेहेन्दार बालबालिका हरुले पढन चाहे सम्म पढन पाउन भनेर उनिहरुको पढाइमा लाग्ने सम्पुर्ण खर्च बेहोरिदिन्छन ।

प्रतिक्रिया दिनुहोस