अब रु १० मै न्यानो कपडा



काठमाडौं । रु १० मै कपडा पाइन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर अचम्म नमान्नुहोस् यो सत्य हो । काठमाडौंको सामाखुसीमा एक संस्थाले रु १० मै कपडा उपलब्ध गराउँदै आइरहेको छ । यती सस्तोमा कपडा उपलब्ध गराउँदै आइरहेको संस्थाको नाम हो सुखावती स्टोर ।
सुखावतीको अर्थ सुखको संसार हो । काठमाडौंको सामाखुशी र नेपालटारमा अवस्थित यस स्टोरले न्यूनतम शुल्क रु १० मै कपडा उपलब्ध गराउँदै आइरहेको छ । आफुसँग भएको अनावश्यक वस्तु अरु आवश्यक पर्ने व्यक्तिलाई दिएर अर्को व्यक्तिलाई खुशी दिन सकियो भने त्यो नै सुखको संसार हुन्छ भन्ने भावना बोकेर खोलिएको यस स्टोरले पुनःप्रयोग गर्नसक्ने समानहरु अरुबाट लिएर रु १० मै दिने गरेको छ । संस्थाले ‘एकको बेकार, अर्कोको सरोकार’ भन्ने मूल नारा लिएर काम गरिरहेको स्टोरका संचालक चिजमान गुरुङ्ग बताउनुहुन्छ ।


‘कोही एकलाई बढी भएको कुरा अर्को आवश्यकता परेको व्यक्तिलाई दिँदा त्यसले अर्को व्यक्तिलाई खुसी पार्नसक्छ’ संचालक गुरुङ थप्नुहुन्छ ‘मानिसले जिउँदैमा स्वर्ग र सुखको अनुभुती लिने चाहाना हुन्छ त्इो सुख र साहाना भनेको अरुलाई सहयोग गरेर मात्र प्राप्त गर्न सकिन्छ ।’
संचालक गुरुङ ३ आर र ३ पि मा आधारीत भएर काम गरिरहेको बताउनुहुन्छ । ३ आरको अर्थ रिड्युस, रियुज र रिसाईकल हुन्छ भने ३ पि ले प्रोफिट, प्लानेट र पिपुल्सलाई समेट्ने उहाँले बताउनुभयो । । संस्थाले मूख्यत वातावरण संरक्षणलाई केन्द्रको रुपमा लिएको उहाँ बताउनुहुन्छ । ‘कसैको घरमा बेकार भएर थन्किएको कुनै पनि सामान एउटा आवश्यक परेको मानिसकका लागि निकै खुशीको विषय बन्न सक्छ । हामी त्यही काम गरिरहेका छौ’, गुरुङलेब ताउनुभयो ।
संस्थाले कपडामात्र नभई हरेक सामान सुपथ मूल्यमा उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । परोपकारी मनहरुले दिएका पहिले प्रयोग भईसकेका र पुनः प्रयोग गर्न मिल्ने सामान मात्र नभई महिलाहरुको उदयमबाट निर्मित हरेक कुराको प्रवद्र्धनलाई पनि स्थान दिने गरेको उहाँले बताउनुभयो । स्टोरका संचालक गुरुङ सामान्यतया यहाँ सामान किन्न आउने मानीसहरु न्यून आयस्रोत भएकाहरु नै आउने गरेपनि यहाँ भएका सामान हरेक मानिसको लागि मएको बताउनुहुन्छ । ‘जसले वातावरणको लागि पूनप्रयोग आवश्यक छ बुझ्दछन्, उनीहरुका लागि यो स्टोर खोलिएको हो, धनी गरिब भन्ने छैन ।’उहाँले हाँस्दै बताउनुभयो ।
सामान बेचेर आएको पैसा महिला उद्यमी र महिला रोजगारका क्षेत्रमा खर्च गरिने गुरुङ बताउनु भयो । विभिन्न किसिमका राहत कार्यक्रम तथा सहयोगको प्रयोजनमा समेत यहाँको आम्दानी खर्च गर्ने गरेको उहाँले सुनाउनुभयो ।


सुखावतीको अर्र्को सुखद् कुरा भनेको यहाँ जतिपनि कर्मचारी तथा स्वयमसेवक हुनुहुन्छ उहाँहरु सबै महिला मात्र हुनुहुन्छ । सुखावतीले हाल भिन्न क्षमता भएका व्यक्तिहरुलाई पनि कार्यमा संलग्न गराउने उद्धेश्य राखेको गुरुङले जानकारी दिनुभयो । फरक क्षमता भएको एक जना अहिले स.स्थामा कृयाशिल रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तो परोपकारी संस्था खोल्ने धारणा चाँही कसरी आयो भन्ने प्रश्नमा गरुङ्ग भन्नुहुन्छ, ‘जब म रोजगारीको लागि कोरिया पुगेको थिए तब त्यहाँ मैले यस्तै किसिमको संस्थामा रोजगारी गर्ने अवसर पाए । आफनो पहिल्यैदेखि नै समाजका लागि केही गरौँ भन्ने धारणा थियो । त्यहाँ यसरी पनि समाजमा केही गर्न सकिन्छ भन्ने कुरा जाने ।’
पछि नेपाल आएपछि सन् २०१४ मा ९ जना मिलेर सुखावती दर्ता गरेको उहाँले बताउनुभयो । सडकबाट सञ्चालन गरिएको सुखावतीका ७ वर्ष सोचेजस्तो सहज र सुखद् छैन । विस्तारै सुखावतीका सुखद् खबरहरु आउन भर्खरै सुरु भएको छ । अहिले दुईवटा स्टोर खोलेर सेवा दिइरहेको संचालक गुरुङ बताउनुहुन्छ । सुखावतीले चाँडै नै काठमाडौँको मूख्य मूख्य क्षेत्रमा आफनो स्टोरलाई विस्तार गर्ने योजना राखेको उहाँ बताउनुहुन्छ ।
स्टोरमा दान कसरी गर्ने ?
यस संस्थालाई आफुसँग भएका कुनैपनि कुरा सहजै दान गर्न सकिन्छ । यदि कसैलाई श्रमदान गर्नु छ भने उक्त व्यक्तिले आफनो ४ घण्टा समय सुखावतीलाई सहजै दिन सक्नुहुन्छ । यहाँ हाल पनि धेरै स्वयमसेवकहरुले सेवा दिईराख्नुभएको छ । तरकारीदेखि विद्युतीय सामग्रीसमेत दान गर्न सकिने यस स्टोरमा सामान पठाउने विभिन्न माध्यम छ । पहिलो त यसको दुईवटा शाखामध्ये जुनै शाखामा पनि दान गर्न चाहने जो कोहीले प्रत्यक्ष रुपमा आएर दिन सक्नुहुन्छ । त्यस्तै यस संस्थाले नखिपोट, भैँसीपाटी, हरिसिद्धी, बनस्थलीजस्ता ठाउँहरुमा ड्रप बक्स पनि सञ्चालन गरेको छ जहाँ सजिलै सामानहरु राखिदिन सकिन्छ । ठूलो मात्रामा दान गर्न चाहानुहुनेका लागि फोन, ईमेल तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिने गुरुङले जानकारी दिनुभयो ।
बसुन्धरा चोकको खुला ठाउँमा सामान राखेर सुरु गरिएको यो स्टोर बिस्तारै बढ्दैछ । अहिले यस संस्थाले ठूलो स्थानमा बसेर सेवा दिनका लागि स्थानको पनि खोजी गरिरहेको उहाँले बताउनुभयो । सुरु सुरुमा दानकर्ता र दाताको समस्या भए पनि विस्तारै दानगर्न खोज्ने मनकारी थपिदै गइरहेको उहाँ बताउनुहुन्छ ।
अभिनेत्रीको पुराना कपडा, जस्सबाट पढ्दै छन् १६ विद्यार्थी
सञ्चालक गुरुङले यस कार्यमा अभिनेत्री स्वस्तिमा खड्काले पनि साथ दिइरहेको बताउहुन्छ । संस्थाले अभिनेत्रीको पुराना कपडाहरु राखेर बेचेको र त्यहाँबाट आएको रकमले १६ जनालाई छात्रावृत्ती प्रदान गरिरहेको गुरुङले बताउनुभयो ।
संस्थाले सन् २०१६ देखि २०१९ को अन्तिमसम्म ३२ हजार केजी कपडाहरु पुन प्रयोग गरिसकेको गुरुङ बताउनुहुन्छ । त्यसबाट लगभग ४१ लाख आम्दानी भएको उहाल्ँे जानकारी दिनुभयो । प्राप्त आम्दानीबाट कर्मचारीहरुलाई पारिश्रमिक दिएर बाँकी रकम विभिन्न सहयोगको रुपमा दिईएको पनि उहाँले बताउनुभयो । हालसंस्थामा सात जना कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।

सामाजीक उद्यम (सोसल ईन्टरप्राईजेज) को भुमिका के हो र कस्ता संस्थालाई सोसल ईन्टरप्राईजेज भन्ने नभन्ने बारे सरकार अहिलेसम्म अन्योलमै हुनु चाँही यस्ता किसिमको संस्थाहरुलाई मौलाउन नसक्नु रहेको सञ्चालक गुरुङ बताउनु हुन्छ । उहाँले यस सम्बन्धी कानुन बनाउँदै सोसल ईन्टरप्राईजेजको नामबाट कमाईएको पैसाहरु जथाभावी रुपमा प्रयोग हुनबाट रोकेर समाजकै भलोका निम्ति प्रयोग गरिनु पर्ने कुरालाई जोड दिनुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस