बिहिबार, १४ श्रावन २०७८

सनी लियोनीलाई लाग्यो ठगीको आरोप : दिईन बयान



एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनी प्रायजसो चर्चामा आइरहन्छिन् । पछिल्ला समय खानाबारे दिएका रिभ्यु भिडियोले सामाजिक सञ्जालमा राम्रै स्थान पाइरहेका छन् ।

यस्तैमा उनलाई धोका दिएको आरोप लागेको छ । उनर्ले २९ लाख भारु लिएर पनि दुई कार्यक्रममा सहभागी नभएकाले आयोजकले उक्त आरोप लगाएका हुन् ।

उक्त ठगीको पछि पुलिस प्रशासनले अभिनेत्रीलाई उनको सुटिंगकै दौरान भेटेर बयान लिएका छन् । बयानमा अभिनेत्रीले आफुले कोरोनाका उक्त कार्यक्रममा सहभागी हुन नपाएको बताएकी छन् ।

उनले आयोजकले ५ चोटी कार्यक्रमलाई सारेका कारण पुग्न नपाएको बताईन । त्यस्तै अब जहिले भनेपनि कार्यक्रममा सहभागी हुने बताईन् ।

उनी पछिल्लो समय “बुलेट” नामक सिरिजमा देखिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस