सोमबार, ३१ जेठ २०७८

नरम तकियामा सुतेर देखेको सपना त कन्फरटेबल सरकार पो रहेछ : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठकमा नआएर अन्यत्रै बैठकगरी बसेका केन्द्रीय सदस्यहरुलाई प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताउनुभएको छ ।

भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै विदावारी भएर हिँडेकाहरु अर्याल होटलमा बास बसिरहेको खबर पाएको बताउनुभयो । ‘उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु ।’

कसैले थाहा पाइनँ भन्न नपाउने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ,२‘०७७ साल चैत ७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्य आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु ७ गतेको बैठकमा आउनुहोला । नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।

एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारवाही हुने व्यवस्था छ । प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालहरुले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको स्मरण गर्नुभयो । ‘बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन् ।’

ओलीले आफुलाई हटाउने प्रयास भएपनि ती सबै प्रयासहरु विफल भएको बताउनुभयो । जनताले पनि त्यसको हिसाब किताब राखेको भन्दै आगामी निर्वाचनबाट सरकार गिराउन लाग्ने तत्व पराजित हुने ओलीले बताउनुभयो ।  ‘कसैले हटाउन सक्छ भने हटाओस्। हामी त्यसको सामना गर्छौँ। २० महिनापछि यो पार्टी २० तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट छिर्छ।’

माधव नेपाल समूहप्रति संकेतगर्दै ओलीले यदी कसैले ठेगान लगाउँछु भनेर सोचेको भए त्यो दुर्भाय हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं । केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भनेको । खुट्टी देखेरै पत्याइयो । काम गर्न, पार्टी बनाउन आउनुस् । केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ।’उहाँले माधव प्रचण्ड प्रति इंकित गर्दै उहाँहरुको सपना फेल खाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नरम तकियामा सुतेर देखेको सपना त कन्र्फटेबल सरकार पो रहेछ, त्यो फेल भयो’

प्रतिक्रिया दिनुहोस