बुधबार, २० श्रावन २०७८

बाढीपहिराको जोखिमबाट बच्न तनहुँको तयारी



दमौली । मनसुन सक्रिय भएर देशभर वर्षा हुन शुरु भएको छ । तनहुँमा पनि सोमबारदेखि असारे वर्षा शुरु भएको छ । केही दिन अझै वर्षा हुने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले नदी तथा खोला छेउछाउ नजान आग्रह गर्दै सर्वसाधारणमा सतर्क हुन आग्रह गरेको छ ।

प्रत्येक वर्षको वर्षाले तनहुँमा जनधनको क्षति भइरहेको छ । गत वर्षको बाढीपहिरामा परी तनहँुमा १४ जनाले ज्यान गुमाएका थिए । असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिरोका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाएका थिए । बाढीपहिरोका कारण जिल्लाका दशवटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुगेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति तनहुँका अनुसार जिल्ला बाढीपहिराको उच्च जोखिममा छ । मनसुनको आपतकालीन कार्ययोजना २०७८ अनुुसार दशवटै स्थानीय तह बाढीपहिराको जोखिममा छ । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्य वर्षात्को समयमा जिल्लामा हुनसक्ने बाढीपहिरो लगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीको लागि कार्ययोजना बनाएर अगाडि बढेको बताउनुहुन्छ ।

योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समिति तनहुँको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्ने आचार्यले बताउनुभयो ।

पहिराको आधारमा घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका उच्च जोखिममा छ भने शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, भानु नगरपालिका बाढी पहिराको जोखिममा छ ।

समितिले तयार गरेको कार्ययोजनाअनुुसार शुक्लागण्डकी नगरपालिकाका(१(१०, भिमाद नगरपालिकाका(१, ५, ६, ७, ८, भानु नगरपालिकाका(१, २, ३, ४, ५, ६, १०, ११, व्यास नगरपालिकाका(७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिकाका(४, ६, ऋषिङ गाउँपालिकाका(१, २, ६, ७, ८, घिरिङ गाउँपालिकाका(३, ४, ५, बन्दिपुर गाउँपालिकाका(१, २, ४, ५, ६, म्याग्दे गाउँपालिकाका(१, २, ३ र देवघाट गाउँपालिकाका(४ र ५ वडाहरु पहिराको जोखिममा छन् ।

त्यसैगरी व्यास नगरपालिकाका(१, २, ३, ४, ५, ७, ८, ९, १०, ११, १३, आँबुखैरेनी गाउँपालिकाका(१, २, ३, ४, शुक्लागण्डकी नगरपालिकाका(२, ३, ४, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिकाका(११, १३, भिमाद नगरपालिकाका(१, देवघाट गाउँपालिकाका(४ र ५ वडाहरु पनि बाढीको जोखिममा छन् ।

“मनसुनको समयमा हुनसक्ने विभिन्न प्रकोपका घटनाहरु र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छाँै,” प्रजिअ आचार्यले भन्नुभयो, “सम्पूणर् सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ ।”

यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरुको अधिकतम परिचालन हुने, मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरु तयारी अवस्थामा रहनेछन् ।

यस्तो छ तयारी

विपद्को समयमा खोज तथा उद्धार एवं आपतकालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयारी अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण ९इ० बाट सेना, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ जना प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त १५ जना, विपद् उद्धारमा परिचालन हुन सक्ने एक सय ६० सुरक्षाकर्मी तयार गरिएको छ ।

यसका साथै नेपाल रेडक्रस सोसाइटीबाट प्राथमिक उपचार स्वयंसेवक ६ जना, पूर्व तयारी स्वयंसेवक १० जना, खोज तथा उद्धार स्वयसेवक ६ जना तयारी अवस्थामा राखिएको छ ।

विपद्को समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपतकालीन राहत सहयोगका लागि विभिन्न सङ्घसंस्थाहरुबाट भौतिक स्रोत साधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सेफ्टी हेलमेट, रेस्क्यु भेष्ट, लाइफ ज्याकेट, सावेल, मेटल बकेटलगायतका सामग्री व्यवस्थापन गरिएको छ भने नेपाली सेना कालीभञ्जन गण ९इ० बाट ट्युब, लाइफज्याकेट, कोदालो, गैची, बन्चरो लगायतका आवश्यक सामग्री व्यवस्थापन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट स्टेचर, लाइफ ज्याकेट, बन्चरो, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणबाट फलामको गल, सावेल, स्टेचर, नेपाल रेडक्रस सोसाइटीबाट गैर खाद्य सामग्री व्यवस्थापन गरिएको छ ।

जिम्मेवारी बाँडफाँड

विपद् व्यवस्थापन समितिले मनसुनको समयमा गर्नुपर्ने पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित निकायहरुको भूमिका र जिम्मेवारी बाँडफाँड गरेको छ । प्रमुख जिल्ला अधिकारीले समन्वयात्मक र नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार प्रदेश तथा केन्द्रीय स्तरमा सहयोग, सुरक्षा निकाय प्रमुखले खोज तथा उद्धारमा सक्रिय, जोखिमको समयमा सुरक्षा व्यवस्था, जिल्ला समन्वय समिति प्रमुखले स्थानीय तहहरुसँग समन्वय, विपद् सम्बन्धित सूचना सङ्कलनमा सहजीकरण गर्नेछन् ।

गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुले जोखिमबाट प्रभावित हुन सक्ने जनसङ्ख्याको पहिचान, जोखिमयुक्त ठाउँ, वस्ती तथा समुदायको पहिचान, गाउँपालिका तथा नगरपालिकास्तरको मनसुन पूर्व तयारी कार्ययोजना निर्माण गर्नेछन् । राजनीतिक दलका प्रमुखहरुले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई सल्लाह र सहयोग, स्रोत सङ्कलनका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछन् भने नेपाल रेडक्रस सोसाइटीका सभापतिले खाद्य, गैरखाद्य सामग्री तथा अस्थायी आवासको व्यवस्थापन, सूचना सङ्कलन तथा सम्प्रेषणका लागि स्वयंसेक परिचालन, प्रकोपको समयमा आपतकालीन आवास तथा बन्दोबस्ती व्यवस्थापनमा सहयोग पुर्याउनेछन् । यसैगरी यातायात व्यवसायी, पत्रकार, पेशागत व्यवसायी, गैरसरकारी संस्था महासङ्घलाई पनि सम्बन्धित क्षेत्रको कामको जिम्मेवारी दिइएको प्रजिअ आचार्यले बताउनुभयो ।

स्थानीय तहको तयारी

विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तहले पनि तयारी शुरु गरिसकेका छन् । स्थानीय तहका वडास्तरसम्मै जोखिमको क्षेत्र पहिचान गरी जोखिम न्यूनीकरणका लागि स्थानीय तह जुटेका हुन् । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरिएको र जोखिम न्यूनीकरणका लागि सोही समितिलाई परिचालन गरिएको जानकारी दिनुभयो ।

“पालिकामा अध्यक्षको अध्यक्षतामा र वडामा वडाध्यक्षको अध्यक्षतामा विपद् व्यवस्थापन समिति छ, सोही समिति विपद्को जोखिम न्यूनीकरणका लागि क्रियाशील छ,” गुरुङले भन्नुभयो । उहाँका अनुसार बाढीपहिराको बढी जोखिममा रहेका क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विपद् व्यवस्थापनका लागि पालिकामा कोष समेत खडा गरिएको छ ।

म्याग्दे गाउँपालिकाले भने विपद् जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सचेतना अपनाउन आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । “प्राकृतिक विपत्ति कतिबेला आउँछ भन्ने एकिन हुँदैन, यसलाई रोक्न सक्ने कुरा भएन, क्षति कम गर्नेतर्फ तयारी गरेका छौ,” उहाँले भन्नुभयो, “प्रत्येक वडामा गठन भएका विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाएका छौँ ।”

गाउँपालिकाले पनि पालिकास्तरमा अध्यक्षको संयोजकत्वमा र वडास्तरमा वडाध्यक्षको अध्यक्षमा विपद् व्यवस्थापन समिति गठन गरेको छ । विपद् पीडितलाई राहत वितरणका लागि विपद् व्यवस्थापन कोष समेत खडा गरिएको छ । “वर्षा निरन्तर भइरहेको खण्डमा म्याग्दे पनि बाढीपहिराको जोखिममा रहन्छ, क्षति कसरी कम गर्न सकिन्छ त्यसतर्फ क्रियाशील हुन वडास्तरसम्मै गठन भएका समितिलाई परिचालन गरेका छौँ,” अधिकारीले भन्नुभयो ।

गत वर्षको क्षति

बाढीपहिरोका कारण गत वर्ष जिल्लामा १३ जनाको मृत्यु भयो भने आंशिक र पूणर् गरी तीन सय ४५ घरमा क्षति पुग्यो । बाढीपहिरोबाट व्यास नगरपालिकामा पाँच, भानु नगरपालिकामा दुई, ऋषिङ गाउँपालिकामा सात र म्याग्दे गाउँपालिकामा १३ जनाको मृत्यु भयो भने व्यासका एक जना बेपत्ता भएका थिए ।

यसैगरी व्यास नगरपालिकामा ७७ घर पूणर्, ३५ आंशिक, भानु नगरपालिकामा ३२ घर पूणर्, सात आंशिक, शुक्लागण्डकी नगरपालिकामा २१ घर पूणर्, दुई आंशिक, भिमाद नगरपालिकामा २९ घर पूणर्, एक आंशिक, आँबुखैरेनी गाउँपालिकामा छ घर पूणर्, एक आंशिक, बन्दीपुर गाउँपालिकामा १३ घर पूणर्, तीन आंशिक, ऋषिङ गाउँपालिकामा दुई घर पूणर्, एक आंशिक, घिरिङ गाउँपालिकामा आठ घर पूणर्, देवघाट गाउँपालिकामा १८ घर पूणर् र म्याग्दे गाउँपालिकामा २१ घर पूणर् र ४८ घर आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस