बुधबार, २० श्रावन २०७८

पसल खोलेको भन्दै पूर्वमन्त्रीको नेतृत्वमा सुत्केरी महिलालाई तातो तेल खन्याइयो



विराटनगर ।  नेपाल कम्युनिष्ट पार्टी ‘पुमा’ ( पुष्पमकल–माधव) समूहका कार्यकर्ताले विराटनगरमा पसल खोलेको भन्दै महिलाको शरिरमा तातो तेल खन्याइदिएका छन् ।

बन्द अवज्ञा गरेको भन्दै उनीहरूले चियानास्ता पसलमा काम गरिरहेका दुइृ महिला माथि उम्लिइरहेको तातो तेल खन्याएका हुन् । घटनामा दुइ जना घाइते भएका छन्।

विराटनगर महानगरपालिका–२ मा अपरान्ह १२ बजेतिर पुमा समूहका कार्यकर्ताले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी २२ बर्षकी छोरी वविता सहनी माथि तातो तेल खन्याएका हुन् । घाइते  बविता ६ महिनाकी सुत्केरी महिला हुन्। बनदकर्ताले उनीहरूको पसल पनि तोडफोड गरेर खानेकुरा सबै फ्याँकी दिएका छन् । यस्तो क्रुरकामको नेतृत्व  पूर्वमन्त्री शिवकुमार मण्डलले गरेका थिए । उनीहरूले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले  हानेका थिए ।

प्रतिक्रिया दिनुहोस