बिहिबार, १४ श्रावन २०७८

यि हुन् गर्भवतीले ध्यान दिनैपर्ने कुरा



147978782

काठमाडौँ । गर्भवती हुनु भनेको आफुमा अर्को एउटा जिवनको संरचना गर्नु हो । यस अवस्थामा जति धेरै ख्याल राखिन्छ त्यती नै स्वस्थ शिशु जन्मने सम्भावना बढ्छ । प्रस्तुत गर्भवतीले गर्भावस्थामा ध्यान दिनुपर्ने केहि मूख्य कुराहरु :

– सफा रहने र सधै नुहाउने
– पौष्टिक खाना खाने
– हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
– ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
– तनावयुक्त काम नगर्ने
– आराम गर्ने
– चिल्लो, पिरो,अमिलो आदि नखाने
– ९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
– राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
– कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
– जाँड, रक्सी तथा चुरोट नपिउने
– विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
– मोटरसाइकल÷स्कुटर नचलाउने
– शारीरिक सम्र्पक नराख्ने
– चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने÷ प्रयोग नगर्ने
– टिटानस सुई लगाउन

गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।–स्वास्थ्य खबर

प्रतिक्रिया दिनुहोस