सोमबार, ०१ कार्तिक २०७८

टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काभ्रेपलान्चोक । काभ्रेको धुलिखेलमा टिपर र मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको धुलिखेल नगरपालिका– ३ अरनिको राजमार्गअन्तर्गत होटेल अरनिको अगाडि टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रवार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश ३–०२००७ प ४०८८ नम्बरको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ६२२० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक रेग्मीलाई उपचारकालागि धुलिखेल अस्पताल लगिएको थियो । रेग्मीको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाकारी दिएको छ ।

प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।घटनामा परी थम्भीर घाइते भएका मोटरसाइकल चालक रेग्मीलाई उपचारकालागि धुलिखेल अस्पताल लगिएकोथियो । रेग्मीको उपचारका क्रममा मुत्यु भएको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारीदिनुभयो । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस