बुधबार, ०२ असार २०७८

काग्रेंस तथस्ठ बस्दा पनि भट्टले पाए विश्वासको मत, एमालेको ओली पक्ष र जसपामात्र विपक्षमा



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेसँगै भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोट खसेको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हाले भने कांग्रेसका १२ सांसदले मतदानमा भाग लिएनन् ।

बैठकमा ५१ जना सांसद उपस्थित थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएका हुन् ।
सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस