बुधबार, २२ मंसिर २०७८

इतिहासमा आज



उत्तर कोरियाको पहिलो भूउपग्रह प्रक्षेपण

आणविक शक्तिशाली मुलुक उत्तर कोरियाले सन् १९९८ मा पहिलो पटक भूउपग्रह प्रक्षेपण गरेको थियो । क्वाङमोङसोङ–१ नाम दिइएको सो स्याटलाईट सफलतापूर्वक  प्रक्षेपण गरेको कोरियाली सरकारको दाबी छ । तर, विश्वभरका प्रायः अन्तरिक्ष निकायले सो प्रक्षेपणको सफलताबारे आशंका गरिरहेका छन् ।

डायनाको मृत्यु

सन् १९९७ मा बेलायती युवराज्ञी तथा युवराज चाल्सकी पुर्वपत्नी डायनाको पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । तस्बिरका लागि पछ्याइरहेका पापाराजीलाई छल्न डायना सबार कार तीब्र गतिमा गुडेको थियो । डायनासँगै उनका प्रेमी दोदी अल फायद पनि थिए । दुर्घटनामा डायना, उनका प्रेमी र कार चालकको मृत्यु भएको थियो ।  डायनाको दाहा संस्कार गरिएको भिडियो शताब्दीकै सबैभन्दा बढी हेरिएको दृश्य थियो ।

रसियाली सेनाले इस्टोनिया छोडे

सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको तीन वर्षपछि सन् १९९४ मा रसियाली सेनाले इस्टोनिया छोडेको थियो । दोस्रो विश्वयुद्धको समय अर्थात सन् १९४४ मा सोभियत युनियनले इस्टोनिया ओगटेको थियो । त्यसअघि सन् १९४१ देखि सन् १९४४ सम्म इस्टोनिया नाजी जर्मनीको नियन्त्रणमा थियो ।

उज्वेकस्तानद्वारा स्वतन्त्रताको घोषणा

मध्ये अमेरिकी मुलुक उज्वेकस्तान १९औं शताब्दीमा रसियाली सम्राज्यबादको एउटा अंश बनेको थियो । सन् १९९१ मा उज्बेकस्तानले सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।

मलायाले पायो  स्वतन्त्रता

पूर्व मलाया तथा अहिलेको मलेसियाले ३१ अगस्ट १९५७ मा व्रिटीशबाट स्वतन्त्रता पाएको थियो । दक्षिणपूर्वी एशियाली मुलुक मलेसिया १८ औ शताब्दीमा ब्रिटीश सम्राज्यको उपनिवेश थियो । सो समयमा मलेसियाले ठूलो मात्रामा रबर उत्पादन गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस