बुधबार, ०२ असार २०७८

राजनीतिक विचार भन्दा ठुलो पद हैन : मन्त्री रायमाझी



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले आफूहरू पद र गुट छोड्न सजिलै तयार भएपनि सही विचार र  राजनीतिलाई छोड्न तयार नभएको बताउनुभएको छ । सही विचार र राजनीति र नेतृत्व छोडेर सांसद र मन्त्री पद जोगाउन आफूहरू नलाग्ने उहाँले दोहोर्‍याउनुभयो ।

अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा आयोजना गरेको बृहत् राष्ट्रिय भेलामा बोल्नुहुँदै मन्त्री रायमाझीले राष्ट्रवादी र विकास प्रेमी नेतृत्वलाई अपदस्त गर्ने खेल चलेपछि मुलुकलाई अस्थिरताबाट बचाउन सही निर्णय लिएको  बताउनुभयो ।

केपी शर्मा ओलीको राष्ट्रवादी अडान, विकास निर्माणको महाअभियान र राजनीतिक कार्यदिशा सही भएकाले आफूहरू माओवादी केन्द्रमा नफर्किएको पनि उहाँले स्पष्ट पानुृभयो । सङ्कटको घडीमा मानिसहरूको पहिचान हुने भन्दै  उहाँले जटिल अवस्थामा पनि विचलित नभई सही निर्णय लिँदा मात्र राजनीतिकरुपमा सफलता हासिल हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस