सोमबार, ११ श्रावन २०७८

उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी साँवा चयन



 

 

काठमाडौं । केपी ओली नेतृत्वको नेकपा सम्बद्ध उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने जिम्मेवारी विघटित प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बुले पाउनुभएको छ। लिम्बुलाई सोमवार काठमाडौंमा सम्पन्न राष्ट्रिय उद्योगी व्यवसायी संगठनको भेलाले संयोजक चयन गरेको हो ।

यसअघिका संयोजक लक्ष्मीदास मानन्धर ९० वर्ष कटिसकेकाले स्वास्थ्यका कारण जिम्मेवारी लिन नसकेपछि साँवालाई संयोजक चयन गरिएको आयोजकले जनाएका छन् । त्यस्तै सहसंयोजक श्याम थापा प्रचण्ड–माधव पक्षमा लागेकाले उनलाई पनि हटाइएको छ ।

सहसंयोजकमा भीमलाल पौडेल र परशुराम अधिकारी चयन भएका छन् । भेलाले ९ सदस्यीय सचिवालय पनि चयन गरेको छ । सचिवालयमा डेगनाथ गौतम, बालकृष्ण शिवाकोटी, खोपनिधी लोहनी, डिबी बस्नेत, दिपक जैसी र निरज राई रहेका छन् ।

भेलाले साबिक राष्ट्रिय उद्योगी व्यवसायी महासंघको कमिटि बिस्तार गरि ८५१ सदस्यीय बनाएको छ । संगठनको इन्चार्जको रुपमा परराष्ट्रमन्त्री तथा नेकपा ओली पक्षका प्रवक्ता प्रदिप ज्ञवाली तोकिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस