मंगलबार, १२ असोज २०७८

एमाले पुरानो अवस्थामा फर्किएपछि प्रवक्ताकै रुपमा फर्किए योगेश भट्टराई



काठमाडौँ । नेकपा एमाले पार्टी प्रवक्ताका रुपमा योगेश भट्टराइ फर्किनुभएको छ । नेकपा एमाले पुरानै अवस्थामा फर्किएसँगै योगश भट्टराइले बुधबारदेखि औपचारिक रूपमा पार्टीमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किनुभएको हो ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा हुनुन्थ्यो । मंगलबारसम्म भने प्रदीप ज्ञवाली नै पार्टी प्रवक्तामा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस