शुक्रबार, ०५ कार्तिक २०७८

एमाले विधान महाधिवेशन : सुझावमाथि अध्यक्ष ओलीले जवाफ दिनु हुने, आजै अन्त्य हुने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको प्रथम विधान महाधिवेशन आज सम्पनन हुँदैछ ।

आज पहिलो चरणमा प्रदेश नम्बर १, २, गण्डकीसहित पाँच वटा समूहले सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ ।

महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो । शनिबार पहिलो चरणमा प्रतिवेदनमाथि छलफल र दोस्रो चरणमा ती दस्तावेजहरुमाथि उठेका सुझाव समेटेर प्रस्तुति गर्नुभएको थियो ।

शनिबार ५ वटा समूह नेताहरुले समूहबाट आएका सुझावहरुलाई प्रस्तुत गनुृभएको थियो । आज बाँकि समूहगत सुझावपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले आजै महाधिवेशन अन्त्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस