बिहिबार, १४ श्रावन २०७८

आज पनि बस्दै एमाले बैठक : विपक्षीसँग मिलेर सत्ता गिराउनेहरुलाई कार्वाही गरिदैं



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास वाललकोटमा स्थायी कमिटी बस्न लागेको हो ।  आजै दिउसो तीन बजे एमालेको केन्द्रीय कमिटीसमेत बस्दैछ ।

सोमबार सुरु भएको दसौँ केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो  ।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।  विपक्षी गठबन्धनलाई सघाउने एमालेका सांसदहरूलाई आजको बैठकले कारबाही गर्नसक्ने सम्भावना छ ।  आजको बैठकले साउनको अन्तिम साता  गर्न लागिएको एमाले विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस