शनिबार, २९ जेठ २०७८

एमाले अनुशासन आयोगका अध्यक्ष नै “अनुशासनहिन”



काठमाडौं, ४ चैत्र –  एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले समूहगत भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिइरहेकाबेला अनुशासन आयोगका अध्यक्ष नै समूह भेलामा सहभागी हुनुभएको पाइएको छ।

नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा नै गुटभेलामा सहभागी हुनुभएको  हो  ।

मंगलवार माधवकुमार नेपाल–झलनाथ खनाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा बोहरा सहभागी हुनुभएको हो । तत्कालिन एमालेमा अलग अलग भेला आयोजना गर्दा बोहराले नै कारबाहीको चेतावनी दिने गर्नुभएको थियो ।

अरुलाई अनुशासन सिकाउनुपर्नेबाटै अनुशासनहिन काम भएको भन्दै बोहराको आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस