सोमबार, ०१ कार्तिक २०७८

एमाले विधान महाधिवेशन : अनुशासन आयोगको प्रतिवेदन पेस



काठमाडौं ।  एमालेको विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृत कुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

यसपछि शुक्रबार प्रस्तुत तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा भएको छलफलबाट आएका सुझावहरु टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिसकेको छ ।

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गनुृभएको थियो । नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस