सोमबार, १३ मंसिर २०७८

एमाले महाधिवेशन सफलताको लागि २८ महिला संस्थाको शुभकामना



काठमाडौँ । लोकतन्त्र स्थापनाका लागि सशक्त भुमिका खेल्न सफल नेपाल कम्युनिष्ट पार्टी, एकिकृत माम्सवादी लेनिनवादी –(नेकपा) को दशौं महाधिवेशनको सफलताको कामनासहित शुभकामना तथा ज्ञापनपत्र बुझाइएको छ ।

महिला जागरण तथा विकास केन्द्र, सङ्कल्प, निस्पक्ष र दलित महिला सङ्घलगायत २८ वटा संस्थाका महिला प्रतिनिधिले पार्टी कार्यालय पुगी कार्यलय सचिव शेरबहादुर तामाङलाई उक्त शुभकामनापत्र बुझाउनुभएको हो ।

चितवनमा मङ्सिर १० गते हुने महाधिवेशनको सफलताको कामना गर्दै सो महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिमा एक तिहाई महिला सहभागिता र समानुपातिकको सुनिश्चित गर्न हार्दिक अपिल पनि गरिएको छ ।

त्यसैगरी विभिन्न राजनीतिक दलबाट सहभागिता जनाएर ४१ प्रतिसत महिलाले विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेको नेपालको सन्दर्भ विश्वकै लागि उदाहरण हो ।

कोभिड–१९ ले पारेको सामाजिक, आर्थिक प्रभावकाबीच पनि महिलाले राजनीतिक सहभागिता जनाउन देखाएको उत्साहलाई पार्टीले कदर गर्नुपर्ने शुभकामनापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस