बुधबार, ०२ असार २०७८

मन्त्रिपरिषद बैठक बस्दै : एमाले सचिवालय बैठक स्थगित



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । आज बस्न लागेको मन्त्रीपरिषद् बैठकको ऐजेण्डा सार्वजनिक भइसकेको छैन ।

यसैबीच नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजै ४ बजे बस्ने भनेर छलफल भए पनि सोही समयमा मन्त्रिपरिषद बैठक समेत परेकाले स्थगित भएको छ ।

महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालय बैठक चाँडै बसेर पार्टी कार्यालय सन्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस