सोमबार, ३१ जेठ २०७८

मन्त्री परिषद् विस्तार हुँदै मन्त्रीबाट हटे एमालेका यी मन्त्रीहरु

एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)काे महन्थ-राजेन्द्र पक्ष सरकारमा सहभागी भएसँगै एमालेको तर्फबाट मन्त्री बनेका तीन जनाले विदा लिने भएका छन्।

भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो र वन तथा वातावरण मन्त्री प्रेम आले मन्त्रीबाट विदा हुने भएका हुन्।

यसैगरि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् ।पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।

त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् । नयाँ बद्दने मन्त्रिपरिषदमा  विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त नेम्वाङ मात्र दोहोरिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस