मंगलबार, १२ असोज २०७८

करण जौहरको फिल्मबाट डेब्यु गर्दै वरुणकी भतिजी



एजेन्सी । फिल्म ‘स्टू़डेन्ट अफ द ईयर’ बाट वरुण धवनलाई अभिनेताको रुपमा डेब्यू गराएका बलिउड निर्माता करण जोहरले अब वरुणकी भतिजी अन्जिनी धवनलाई पनि आफुले नै इन्डस्ट्रीमा लञ्च गर्ने तयारी थालेका छन् ।

अन्जिनी, निर्देशक डेविड धवनका भाई अनिल धवनका छोरा सिद्धार्थ धवनकी छोरी हुन् । आफ्नो डेब्यू फिल्मका लागि उनले तयारी सुरु गरिसकेकी छन् ।

आफ्नो डेब्यूलाई परफेक्ट बनाउन उनले क्लासिकल र वेस्टर्न डान्सको तालिम लिन सुरु गरेको भारतीय अनलाइनले उल्लेख गरेको छ । धर्मा प्रोडक्सनको फिल्मका अलावा उनलाई अरु पनि फिल्मबाट अफर आएको थियो । तर, उनले प्रतिष्ठित ब्यानरको फिल्म पर्खिरहेकी थिइन् । २०२२ मा फिल्मको छायांकन थालेर २०२३ मा रिलिज गर्ने करणको योजना छ ।

वरुणकी भतिजी अन्जिनीले पनि उनकै बाटो पछ्याउँदै गत वर्ष रिलिज भएको ‘कूली नं वान’ मा डेविड धवनलाई निर्देशनमा सघाएकी थिइन् । सोसल मिडियामा सक्रिय रहने गरेकी उनी जान्हवी कपूरकी बहिनी खुशी कपूरकी मिल्ने साथी हुन् ।

प्रतिक्रिया दिनुहोस