बुधबार, २० श्रावन २०७८

किसानको मेहनतले हराभरा भयो बगर



महोत्तरी । नदी छेउको गेगर बलौटे पर्ति जमिन अहिले हराभरा भएको छ । रातु नदीको पश्चिमी भँगालो तटबन्ध गरिएपछि अब महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वाको पर्सा सग्रामपुर र भङ्गाहा–७ करुणा गोरहन्नाको माझमा पर्ने पुरानो बगर किसानको मेहनतले यतिखेर हराभरा बनेको छ ।

पूर्वपश्चिम राजमार्गको रातु पुल मुनिबाट तीनवटा भँगाला भएको नदीलाई सरकारले दुबैतर्फ तटबन्ध गरेपछि अब वहावको एउटै नदी बनेको छ । यसैमध्येको पश्चिमी भँगालोले विगतमा खेत बस्ती बगाएर सुकुम्बासी बनेका पर्सा सग्रामपुरका किसानले करिब चार दशकपछि आफ्नो पुरानो जग्गामा नङ्रा खियाएर अहिले बगरलाई हराभरा बनाएका हुन् ।

अहिले बगरैभरी किसानको मेहनतको फल देखिएको छ । एक छाँटका आँप, लिचीका लहलहाउँदा बोट, बोटैभरी लटरम्म फल । केही वर्ष पहिले बगर थियो भनेर चिनिने कतै चिन्ह नै छैन अहिले । विभिन्न तरकारीका बोट र लहरा तँछाडमछाड गर्दै प्रतिष्पर्धामा हुर्की रहेझैँ लाग्छ । लहरे तरकारीका आँख्लैपिच्छे कलकलाउँदा चिचिला छन् । कतै घिरौँला त कतै फर्सीका हरिया कैँडा ९गट्टा० फलेका छन् । भिण्डी ९रामतोरई, रामझिङनी०, खोर्सानी र भाण्टाका बोट पूmल, चिचिला र फलले लपक्कै नुहेका छन् । नेपालको माटोमा सुन फल्छ भन्ने आहान यहाँ चरितार्थ भएको यहाँ पुग्ने जोसुकैले पनि देख्न सक्छ ।

विसं २०६४ देखि रातुका तीन भँगालामध्ये पूर्वपश्चिमका भँगालामा तटवन्ध बाँध्न थालिएपछि अब माझको मात्र बहाव बनेको छ । पछिल्लो पटक अब बाढी पस्न छाड्यो भन्ने भएपछि २०७० सालयता किसानले बगर खोस्रन थालेका हुन् । अहिले २०७० सालयताको मेहनतले नै बगर अब हराभरा बगैँचा बनेको हो । बाढीले सुकुम्वासी बनेका किसान पछिल्ला छ÷सात वर्षयता सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साथ पाएपछि बगरमा ‘सुन’ फलाउने भएका हुन् । पैरवी मञ्चले किसानलाई फलपूmलका बिरुवा, उन्नत जातका तरकारीका बीउ, आवश्यक प्राविधिक परामर्श र सिँचाइका लागि बोरिङ्ग व्यवस्थापन गर्दै आएको छ ।

सग्रामपुर र पर्साका किसानले पहिलेको बालुबुर्ज २३५ बिगाहा बलौटे जग्गा खनी खोस्री गरेर नङ्रा खियाउन थालेका अब सात वर्ष भएको छ । पहिलेका दुई वर्ष बगर सम्याउन र खोस्रेर जग्गाजस्तो बनाउनै लागेको भङ्गाहा–६ पर्साका ६० वर्षीय किसान उत्तिम हुजेदार थारु बताउनुहुन्छ । “हामीले रुख बिरुवा २०७२ सालदेखि लगाउन थाल्यौँ, तरकारी खेती पनि त्यसैबेलादेखि थालिएको हो” हुजदारले भन्नुभयो, “मेहनतअनुसार अब पछाडि फर्कनु परेको छैन, एकपटक सुकुम्बासी बनेका हामी अब धर्तीमा उभिने भयौँ भन्ने लागेको छ ।” चार वर्ष ९२०७२ देखि २०७६० तरकारी खेतीबाट राम्रो उत्पादन र आर्जन लिएपनि पछिल्ला दुई वर्ष ९गत वर्ष र यसपालि० भने उत्पादित तरकारी कोरोना कहरले बजार पु¥याउन नसक्दा नोक्सान भएको हुजदारको बिलौना छ ।

“पोहोरजस्तै यसपालि पनि ठिक्क वैशाखी तरकारी निस्कने बेला कोरोना कहरको लहर चल्यो, हिँडडूल, आवागमन, बजार बन्द भए” हुजदारले भन्नुभयो, “यसले मर्का पा¥यो, लगातार दुई वर्षको चोट खप्न सकस छ ।” गत वर्षको लकडाउन र यसपालिको निषेधाज्ञाले वैशाखी तरकारी धेरैजसो बोटमै बुढिएका र बस्तुभाउलाई ख्वाउनु परेको पर्सा, सग्रामपुरका किसानको साझा गुनासो छ ।

“पहिला दुई वर्ष त बगरका ढुङ्गा र खस्रो बालु केलाउँदै र छेउ लगाउनमै गयो” बगर खेती गर्दै आएकी पर्सा बस्तीकी रामज्योति हुजदार थारुले भन्नुभयो, “त्यसयताका वर्ष उत्पादन र आर्जनमा ठिक रहे, तर पोहोर र यसपालिको कोरोना बन्दीले करङ् भाँच्यो ।” यद्यपि आपूmको प्राङ्गारिक खेतीबारे थाहा पाएका टाढाटाढाका ब्यापारीले खेतमै आएर तरकारी लगी दिँदा राहत भएको किसान बताउँछन् । यसरी कहिलेकाँही आउने ब्यापारीले बस्तुको मोल नदिएपनि केही राहत भएको किसानको भनाइ छ ।

“हेर्नुहोस् न फलपूmलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ” पर्साकै अर्की किसान पूनमदेवी हुजदार भन्नुहुन्छ, “तर, तरकारी टिपेर बजार पु¥याउन सकिएन, खोज्दै यहीँ आउने ब्यापारीले जेजति लगे लगे ।” लकडाउनले गर्दा भाउ पनि ब्यापारीकै चल्दा पछिल्ला दुई वर्ष वैशाखी तरकारीको आर्जन राम्रो लिन नसकिएको किसान बताउँछन् ।

बगरमै भङ्गाहा–७ धनषपुरका भूमिहीन दलितले पनि पछिल्ला पाँच वर्षयता तरकारी बाली लगाएर राम्रो आर्जन गर्दै आएका थिए । भङ्गाहा–६ का पर्सा, सग्रामपुर र वडा–७ धनषपुरको माझमा रहेको विगतमा रातु नदीले बगर बनाएको २३५ बिगाहा जग्गा किसानको मेहनत र लगनले ‘सुन’ फल्ने बनेको हेर्न जानेको आम प्रतिक्रिया हुने गरेको छ ।

“यसअघिका वर्ष राम्रै थिए, पछिल्ला दुई वर्ष माहामारीले धोखा दियो” बगर खेती गर्ने भङ्गाहा–७ धनषपुर दलित बस्तीकी रामरतिदेवीले भन्नुभयो–,“सधैँ एकनासको समय हुँदो रहेनछ, के गरौँ रु उत्पादन राम्रो भएर पनि बजार पु¥याउन नसक्दा थला प¥यौँ ।” आँप, लिची, कागती र मेवासहितका फलका बोट अब राम्ररी फल्ने भएका छन् र अब यिनैले उकास्ने रामरतिसहितका किसानको आश छ ।

यो बगरमा अहिले १५५ घरधुरीका किसानले बगरमा आँप, लिची, कागती, मेवा, सपाटो, रुखकटहरसहितका २८ हजारभन्दा बढी फलफूलका रुख हुर्काएका छन् । बगरमध्ये ९० बिगाहा जतिमा तरकारी खेती छ । लौका, फर्सी, घिरौंला, परवल, भाण्टा, भिण्डी, खोर्सानीसहितका बोट छन् र अधिकांश फलेर लटरम्म देखिन्छन् । बगरमा अहिले खेती हेर्न पुग्नेलाई किसानले मिठो खरबुजा ख्वाएर स्वागत गर्छन् ।

रामज्योतिको एक बिगाहा नदीउकास जग्गामा ७६ वटा आँपका कलम हुर्केका छन् । मालदह, आम्रपाली, बम्वैसहित स्वादमा उम्दा मानिने आँप । यसै जग्गामा परवल, लौका, बोडी, करेलासहितका लहरे तरकारी बाली लहलहाएको देखिन्छ । रामज्योतिजस्तै पर्सा बस्तीका बिन्दादेबी हुजदार र पुनमदेबी हुजदार पनि अहिले रातोदिन बगर बगैंचा र त्यहाँको तरकारी खेतीमा ब्यस्त देखिन्छन् । आफ्नो १२ कठ्ठा बगर खेतमा ५६ वटा आँपका रुख लगाउनु भएका किसान शङ्कर हुजदारले २०७६ सालमा खोर्सानी, हर्दी ९बेसार० जस्ता मसला र मौसमी तरकारी बालीबाट दुईलाख बचत भएको बताउनुभयो । त्यसयता महाव्याधि कहरले खासै नगद बचाउन नसकेपनि घरखर्च भने टारेको उहाँको भनाइ छ । बगर बगैंचा र तरकारी खेती थालेका यहाँका किसानले मौसमी तरकारी खेतीमात्र लगाउने गरेका छन् ।

“बेमौसमी तरकारी खेतीमा विषादिको धेरै प्रयोग गर्नुपर्छ” किसान पुनमदेवी हुजदार भन्नुहुन्छ, “बेमौसमी तरकारी खेती मँहगो र विषादिको प्रयोगले स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ नि १ त्यसैले हामी मौसमी तरकारी खेती नै गर्छौं ।” यो प्राङ्गारिक खेतीको परिचयले आफ्ना निकै ग्राहक बढेका किसानको अनुभव छ ।

विसं २०३० को बाढीले जग्गा सबै काटेर बलौटो थुपारेपछि पर्साका आदिवासी थारु लालपुर्जामा जग्गा भएपनि सुकुम्वासी भएका थिए । विसं २०६४ यता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदीउकास भएको त्यहाँको बगरमा पैरवी मञ्चले बगर खेती गर्न किसानलाई उत्साहित बनाएपछि त्यसयता आदिवासी थारु अब अब्बल किसानमा दरिएका छन् । पर्सा, सग्रामपुर र धनषपुरसहित तीन बस्तीका १५५ परिवारले बगैँचा लगाइएको बगरमा मौसमी तरकारीबाली लगाएर बर्सेनी लाखौँ आम्दानी गरिरहेका पर्सा बस्तीकै सामाजिक, राजनीतिक कार्यकर्ता रामनारायण हुजदार बताउनुहुन्छ ।

पैरवी मञ्चले पहिलोपल्ट सन् २०१५ मा त्यहाँका बाढी पीडित किसानलाई सङ्गठित गरेर ‘रातुखोला फलपूmल तथा वृक्षारोपण आय आर्जन समूह’ गठन गरेर खेतीमा लाग्न उत्साहित गराएपछि अहिले बगर हराभरा भएको हो । किसानलाई पैरवी मञ्चले फलपूmलका बिरुवा तथा तरकारीका बीउविजन र प्राविधिक सहयोग पु¥याएको समूहका अध्यक्ष जासर यादव बताउनुहुन्छ ।

“पैरवी मञ्चले बगरमै तीनवटा बोरिङ्ग पनि जडान गरिदिएको छ” आफैँ कृषि प्राविधिक रहेका अध्यक्ष यादवले भन्नुभयो, “मुख्य कुरा त हौसला हो, जुन पैरवी मञ्चले यहाँका किसानलाई दियो ।” यहाँका किसान आफ्नो र आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत भएकाले प्राङ्गारिक खेती गर्ने गरेका यादवको भनाइ छ । बजारमा यहाँका किसानको उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । बोरिङ्ग र नजिकको खोल्सीबाट पानी तान्न मञ्चले पाँचवटा पम्पसेट दिएको र त्यसैबाट पालैपालो किसानले सिँचाइ सुविधा मिलाएका छन् ।

यसअघिका जग्गाधनी यादव र थारु जातिका किसानले बगरमा आआफ्नो पुरानो जग्गामा अहिले साँध सीमा लगाएर भोगचलन गरेका छन् । बगरकै नदीउकास २५ बिगाहा ऐलानी पर्ति जग्गाभने धनषपुरका मुसहर, चमार, दुसाध र खत्वे जातिका दलित समुदायले जोतखन गरेर बगैंचा र तरकारी बाली लगाइ रहेका छन् । नदी उकास जग्गामा बगर बगैँचा र तरकारी खेती गर्न थालेपछि कमाउन पञ्जाव, हरियाणा जाने गरेका दलित परिवारका युवा यहीँ मेहनत गरेर राम्रो आमदानी गर्न थालेको बताउँछन् ।

पर्सा र सग्रामपुरका महिला किसानले महालक्ष्मी र शिवशक्ति महिला आय आर्जन समूह गठन गरेर नियमित बचत समेत गरिरहेका छन् । “हामी बाढीको चपेटाले कागजको लालपुर्जाका धनीमात्र थियौँ” महालक्ष्मी महिला आय आर्जन समूहकी अध्यक्षसमेत रहनु भएकी रामज्योति हुजदारले भन्नुभयो, “पैरवी मञ्चले हामीलाई नयाँ जीवन दिएको छ, अब मेहनत गरेर खान, पिउन अप्ठ्यारो छैन ।”

बगर बगैँचा र तरकारी खेतीमा रमेका किसानले बलौटे बगर खेतमा सिँचाइको पर्याप्त सुविधा भने नपुगेको गुनासो गरेका छन् । “के गरौँ हजुर, अहिले पानी पटायो, साँझै खङ्रङ्ग हुन्छ” बगर बगैँचाका किसान उत्तिम हुजदार भन्नुहुन्छ, “हाँमीलाई थप पाँच÷सातवटा बोरिङ्ग हुनसके बाली अझै बढाउन सकिन्थ्यो ।”

पर्सा, सग्रामपुर र धनषपुरका किसानको परिश्रमले बगर पनि अब सुन फल्ने ठाउँ बनेको पैरवी मञ्चका अध्यक्ष नागदेब यादव बताउनुहुन्छ । “हामीले बगरमा यसरी खेती गर्न सकिन्छ भन्यौँ, त्यहाँका किसानले टपक्क त्यो कुरा टिपेर परिश्रम गर्न थाले, केही वर्षमै बगर हराभरा बगैँचा बन्यो” पैरवी मञ्चका अध्यक्ष यादवले भन्नुभयो, “भङ्गाहा नगरपालिका र स्थानीय समुदायको सहयोग एवं किसानको मेहनत साकार बन्यो ।” नगरपालिकाले थप बोरिङ्ग जडानका लागि पहलकदमी लिने विश्वास दिलाएको किसान बताउँछन् ।

बगर बगैँचा र तरकारी खेतीको अवधारणाले पर्सा, सग्रामपुर र धनषपुरका किसानमा आएको परिवर्तन अन्य ठाउँका लागि शिक्षा भएको मञ्चका अध्यक्ष यादवको थप भनाई छ । बगरमा किसानले गरेका मेहनतले विपद व्यवस्थापन ९नदीकटान रोक्न गरिएको प्रयत्न०, महिला सशक्तिकरण ९आर्जनमा महिलाको सहभागिता र स्वामित्व०, जैविक विविधता, वातावरणीय अनुकूलन, जलवायु परिवर्तन अनुकूलन र जलाधार क्षेत्रको संरक्षण सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुगेको यादव बताउनुहुन्छ ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले बगर बगैँचाका किसानले मेहनतको नयाँ दृष्टान्त देखाएका बताउनुभयो । बगरमा सिँचाइका थप सुविधा र आइपर्ने अन्य सामुहिक आवश्यकताका कुरामा किसानलाई आफ्नो साथ रहने प्रमुख साहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस