सोमबार, ०१ कार्तिक २०७८

निको नै नहुने यस्तो रोगसँग जुधिरहेकी छिन् यामी गौतम



 

एजेन्सी । बलिउड अभिनेत्री यामी गौतमले हालै सामाजिक सञ्जालमार्फत आफुलाई छालासम्बन्धी निको नै नहुने रोग लागेको सार्वजनिक गरेकी छिन् ।

अभिनेत्रीले इन्स्टाग्राममा आफुले केहि दिन अघि गराएके फोटोसुटको तस्बिरहरु सार्वजनिक गर्दै उक्त कुराको खुलासा गरेकी हुन् । चार महिनाअघिमात्रै विवा बन्धनमा बाँधिएकी उनी यस रोगलाई धेरै वर्षदेखि भोग्दै आईरहेकी छिन् ।

यामीले आफनो हालैको फोटो सार्वजनिक गर्ने क्रममा सम्पादन गर्ने समय आफुले गरेको महसुश बारे बताएकी छिन् । खासमा उनलाई केराटोसिस पिलारिस नामक छालाको रोग लागेको छ जसले गर्दा उनको छालामा विभिन्न ससाना फोकाहरु हुन्छन् जुन कहिल्यै हराएको छैन । उनलाई यो रोग किशोरावस्थामै लागेको उनले भनेकी छिन् ।

तर उनले यस कुरालाई अब आफुले धरै गम्भिर रुपमा नलिने र आफनो कमी नमान्ने बतएकी छिन् । एक अभिनेत्री भएक कारण पनि यस रोगले आफुलाई पहिले निकै असुरक्षित महसुश गराएको पनि उनले खुलाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस