मंगलबार, १२ असोज २०७८

फुटेर जान लागेकालाई युवाको अन्तिम अपिल मुल घरमा सँगै बसौँ



कमरेड हिजो पार्टी नफुट्ने बेला सम्म जो जुन कित्तामा उभिए पनि पार्टीभित्रको फरकपन मात्र थियो,त्यो यउटा नितान्त पाटीको आन्तरिक जिवनमा देखापर्ने एउटा समस्या मात्र थियो । अब त मुलघर चटक्क छोडेर जानू छ,,जहाँ आफ्ना पुर्खाको बिरासत, आफन्तको माया र आफ्नै श्रम र पसिना छ, सोचौा त फगत कुनै नेतासँगको व्यक्तिगत सम्बन्ध र अर्को नेतासँगको ब्यक्तिगत कुण्ठाले घर नै छोडेर तपाईं हामी किन हिाड्ने ? त्यसैले पार्टी नै फुटालेर जानेहरूको पछि नलागि जहाँ आफ्नो अंशको अधिकार छ त्यहि बसेर संघर्ष गर्न बिनम्र आग्रह छ । एक पल्ट बिचार गर्नोस तपाईंहरूलाई अगाढ माया गर्ने यहाँ अझै ठूलो पंक्ति छ, कहिले सँगै सुत्दा लात्ति लाग्यो होला, कहिले ख्यालख्याल वा अन्जानमा केही भनियो होला,तर पनि सँगै हुने परिवारको माया अगाढ रअतुलनिय हुने छ । भोलि छुटेपछि छुट्टिनुको पीडा दुबैलाई महसुस हुने छ । रूखबाट खसेको हाँगा त जरा हाल्न नसके सुकेरै जाने हो तर पीडा र अभाव त रूखलाई पनि सधैँ हुनेछ ,,त्यो पलाउन बर्षै लाग्न सक्छ । यत्रो जीवन र जवानी यहि घर निर्माणमा लगानि गर्नु भो,,आज एक रात फेरि आँखा चिम्लेर सोच्नोस अनि मात्र निर्णय गर्नोस,,ब्यक्तिसँँगको असमझदारी भावले भन्दा आत्मसमिक्षा र अन्तर्मनको भावले निर्णय गरि नयाँ पार्टीमा जानै चाहनु हुन्छ भने साथि तपाईलाई हार्दिक हार्दिक अनि हार्दिक शुभकामना छ ।। भोलिका दिनमा व्यक्तिगत संबन्धमा दरार नआवोस । कमरेडलि भावना र भातृत्वमा कमि नहोस । व्यक्तिगत पुर्बाग्रह, गुनासो वा रिसराग नरहोस किनभने दल छनोट व्यक्तिको स्वतन्त्रता हो । हामी सबै सधैँ स्वतन्त्र छौँ । तुच्छ र व्यक्तिगत गालिगलौज र अराजनितिक चरित्र प्रदर्शन कसैले पनि नगरौँ । ,,हाम्रो यात्रा धेरै लामो छ, अनकन्टार जंगल, कठिन पहाड र अनेकन घुम्तिमा एक अर्काको याद पनि सहारा बन्न सक्छ । फेरि केही अप्ठ्यारा घुम्ति काटेर देउरालिमा टुप्लुक्क भेट नभै सुखै छैन । फेरि भञ्ज्याङ्को चौतारिमा सँगै भारि बिसाएर सँगसँगै सुस्ताउने अपेक्षा सहित नयाँ बाटोमा लाग्ने साथिहरूलाई मीठो सम्झना र अगाढ मायाका साथ शुभकामना छ । बलि चढाउन लगेको बोकालाई माला लगाएर फुलपाति अक्षताले पुजा गरे जस्तै हो आज अरू दलले देखाएको सद्भाव र ममता त । आज फुर्काएका छन्, उस्काएका छन्, भिडाएका छन् तर तिनले आफ्नो भाकल पूरा भएको दिन याद गर्नुहोला तपाईं अनि हामी जसलाई भेटे पनि काट्नेछन् । त्यो बेला बलिमा चढ्नु बाहेक बिकल्प हुने छैन ।

त्यसैले राजनैतिक क्रममा कहिले दुख कहिले सुख कहिले कोहि बाट अथक माया त कहिले घृणा यी मानविय जिवनमा आउने नियमित प्रकृयाहरू हुन। त्यसैले ब्यक्ति हैन अब सबैले पार्टी हेरौँ,,सिद्धान्त हेरौँ अब त बैचारिक धार हैन, पार्टी, सिद्धान्त, बिचार र चिन्ह नै फरक हुने बेला हो । तर पनि बिचार र सिद्धान्तका लागि मुलधारको मुलप्रबाहमा समाहित हुन नछोडौँ, पद र प्रतिष्ठा नमिल्ला तर त्यसैमा सन्तुष्टि मिल्ने छ, त्यहिँ समाधान मिल्ने छ, त्यहि सबालका जबाफ यहि भित्र रहेर खोजौँ कमरेडहरू
अझै पनि केही बिग्रेको छैन कमरेडहरू हामी हिजोपनि सँगै थियौ अबपनि मुलघरमै सँगै बसौँ ।।

लेखक रामकृष्ण ढकाल अनेरास्ववियु काभ्रेका सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस