बिहिबार, १४ श्रावन २०७८

प्रधानमन्त्रीको पक्षमा आज बृहत मोटरसाइकल र्‍याली गर्दै अनेरास्ववियू र राष्ट्रिय युवा संघ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ। माघ २३ गते गरिने जनसभाको तयारी स्वरुप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्न लागेका हुन्।

दिउँसो १ बजे बालकुमारीबाट सुरु हुने र्‍याली सातदोबाटो(लगनखेल(जावलाखेल(पुल्चोक(थापाथली(त्रिपुरेश्वर(एनएसी(जमलचोक( दरबारमार्ग(नारायणहिटी(जयनेपाल हल(कमलपोखरी(रातो पुल(गौशाला(एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ। नेकपाका नेता महेश बस्नेतको नेतृत्वमा १० हजार मोटरसाइकल र्‍याली निकाल्ने दावी गरिएको छ।

जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस