सोमबार, १३ मंसिर २०७८

फिल्ममा पुनः फर्किन चाहन्छिन् युना



काठमाडौं । फिल्म ‘पर्खि बसेँ’ बाट अभिनेत्रीको रुपमा शानदार डेब्यू गरेकी युना उप्रेती त्यसपछि करीब ७ वर्षसम्म अभिनयमै सक्रिय रहिन् ।

पहिलो फिल्मको सफलतापछि उनलाई फिल्मको कमी नै भएन । यो बीचमा उनले ‘हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस’ लगायतका फिल्ममा आफ्नो अभिनय देखाइन् ।

तर, ‘पर्खि बसेँ’ र ‘हिम्मत २’ पछिका फिल्मले उनलाई सफलताको सुख दिन सकेन । जसले गर्दा उनी आफ्नो प्रोफेसन बदल्ने निर्णयमा पुगिन् र २०१४ ताका एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिका उडिन् । यसको केही समयमा उनले अमेरिकामै बसोबास गर्ने विकास अधिकारीसँग लगनगाँठो कसिन् । त्यसबेलादेखि उनी फिल्मी क्षेत्रमा फर्किनन् ।

हाल नेपाल आएकी छिन् र आउँदो डिसेम्बरसम्म नेपालमै बस्ने योजनामा छिन् । नेपाल बसाईको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फिल्ममा फर्किने इच्छा व्यक्त गरेकी छन् । आफू डिसेम्बरसम्म नेपाल बस्ने र यो बीचमा फिल्मबाट प्रस्ताव आएको अवस्थामा काम गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस