राजनिती

एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उहाँहरु निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित हुनुभएको छ ।