फलोअर्सले भनेपछि यी युवतीले लाईभमै पिईन विष : गयो ज्यान



एजेन्सी । आजकल मानिसहरु वास्तविक जिवनमा कम र सामाजिक सञ्जालको जीवनमा ज्यादा जिउँछन् । यस्तै क्रममा मानिसहरु चर्चित हुन पनि विभिन्न बहानाहरु खोजिरहेकै हुन्छन् ।

यस्तैमा हालै चर्चा कमाउने धोकोमा एक युवतीले आफनो ज्यानै गुमाएक्ी छिन् । चीनकी एक सामाजिक सञ्जालमी इन्फ्युयन्सर लुओ शाओ माओ माओले लाईभ सेसनमा रहँदै आफना फलोअर्सहरु किरा मार्ने विष पिउन उक्साएपछि उनले विष पिएकी हुन् ।

विष पिएको केहि समययपछि नै उनको स्वास्थ्यस्थिती बिग्रन थाल्यो र केहि क्षणमै उनले आफनो ज्यान त्यागिन् । १४ अक्टोबरमा भएको यस घटनाबारे बोल्दै माओकी एक साथीले माओ आफनो प्रेमीसँग निकै नै निराश थिईन् र उनले उक्त प्रेमीको ध्यान आफुप्रती पार्नको लागि विष पिएको बताइृन् ।

तर चिनका समाचारले चाँही उनलाई उनको फलोअर्सहरुले लाईभ सेसनमै उनलाई विष सेवन गर्नका लागि उक्साएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस